रौतहटमा वाम गठबन्धनको भेला स्थल नजिकै बम बिस्फोट, २ गम्भीर घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2017 | 02:33:49 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

रौतहटमा वाम गठबन्धनको भेला स्थल नजिकै बम बिस्फोट भएको छ ।  रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै   बम विस्फोट भएको हो । विस्फोटमा ८ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ । 

    विष्फोटमा  ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका हुन । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् । 

निर्वाचनको मिति नजिकिदै गर्दा देशका विभिन्न स्थानमा उम्मेदवार र कार्यकर्तालाई लक्षित गर्दै बम बिस्फोटका घटना बढेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved