समवेदना दिन प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली एयरपोर्टबाट सिधै लाजिम्पाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2017 | 11:54:05 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेकपा माओवादी केन्द्रका अध्यक्षको परिवारमा परेको पुत्र शोकमा समवेदना दिन प्रधानमन्त्री शेर बहादुर देउबा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट निवास पुगेका छन्  । नेताद्वय एयरपोर्टबाट सोझै लाजिम्पाटस्थित अध्यक्ष प्रचण्डको निवासमा पुगेका हुन् । 

अध्यक्ष प्रचण्ड तथा पार्टीका सल्लाहकार सीता दाहाललाई समवेदना व्यक्त गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले प्रकाश दाहालको निधनबाट देशले होनाहार र इमान्दार छोरा गुमाएको बताए  । “प्रकाश निकै सरल थिए, निकै मेहनती र इमान्दार पनि । म निकै भावविह्वल बनेको छु । मन सम्हालेर धैर्य धारण गर्न सक्नुहोस् भन्ने कामना गर्दछु ।”
प्रधानमन्त्री देउबा चुनावी प्रचार अभियानका क्रममा गृह जिल्ला डडेल्धुराबाट समवेदना दिन काठमाडौं आई पुगेका 
हुन् ।

 प्रधानमन्त्री देउवाभन्दा केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विमानस्थलबाट सोझै लाजिम्पाट पुगेका थिए  । अध्यक्ष ओलीले प्रकाशको निधनले राष्ट्र र पार्टीमा क्षति पुगेको बताउँदै धैर्यधारणका लागि कामना गरेका थिए । 

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीसँगै आएका पूर्व प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष प्रचण्डको परिवारलाई धैर्यधारण गर्न आग्रह गरे   ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved