सर्वोच्च अदालतमा भेटिएन बम, हल्ला निराधार भएको पुष्टि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2017 | 01:06:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्बोच्च अदालतमा बम राखिएको हल्ला निराधार रहेको पाईएको छ । मंगलबार बिहान अचानक अदालत परिसरमा बम राखिएको हल्ला फैलिएको थियो । एक्कासी परिसरमा वम राखिएको हल्ला भएपछि इजलासहरु प्रभावित भएका थिए भने अधिबक्ताहरु तितरवितर भएका थिए 

सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको सूचना आएको बताएका थिए। तर प्रहरीले सर्वोच्चमा बम राखेको कुरा हल्लामात्रै रहेको बताएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले सर्वसाधारणमा त्रास फैलाउन मात्र उक्त हल्ला फैलाइएको जानकारी दिए । 

प्रहरीले तालिम प्राप्त कुकर सहित सर्बोच्च परिसरमा खोजि गरेको थियो  । खोजि गर्दा कहिँ कतै बम वा अन्य कुनै शंकास्पद बस्तु फेला नपरेको प्रहरीले बताएको छ  । फोन कहाँबाट आयो र कसले गरेको हो भनेर प्रहरीले छानबिन गरिरहेको एसएसपी धानुकले बताए ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved