२४ बर्षमा १४ बर्ष सरकारको नेतृत्त्व गरेको कांग्रेसले ३८ उद्योग ध्वस्त बनायो: ओली

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 26, 2017 | 02:08:18 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको नेतृत्वमा सरकार संचालन हुँदा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएको जिकिर गरेका छन। 

एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले मङ्सिर १० गते बौद्धमा आयोजना गरेको चुनावीसभामा ओलीले देशमा उद्योग सकिई  रोजगारीको अवसर नहुँदा ४० लाख युवा बिदेशीनु परेकोमा चिन्ता व्यक्त गरे। 

ओलीले नेपाली कांग्रेसको निजीकरण नीतिले नै देशमा सरकारी उद्योग कलकारखाना बन्द भएको र त्यसको प्रभाब नेपाली युवाहरुमा देखिएको बताए। 'एमाले दल चुनाव लड्ने र सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ' ओलीले भने, ‘देशमा पटक पटक बहुमत ल्याएर पनि नेपाली काँग्रेसले सुशासन र राजनीतिक स्थिरता प्रदान गर्न नसकेकाले अब वाम गठबन्धनलाई बहुमतले जिताउनुपर्छ।' 

सो अवसरमा स्थानीय समाजसेवी देवकुमार लामाको नेतृत्वमा केही व्यक्ति एमालेमा प्रवेश गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved