भोट हालेपछि प्रचण्डले भने - राजनीति र संघर्षको हैन, आर्थिक समृद्धिको अर्को अध्याय सुरु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 08:34:51 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले दोस्रो चरण अन्तर्गतको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ अन्तर्गत रहेको भरतपुर महाननगरपालिका वडा नं. १४ शिवनगरको शान्तिपुर स्कुलमा मतदान गरेका छन।

आफै उम्मेदवार रहेको क्षेत्रबाट मतदान गरेपश्चात दाहालले संविधान जारी भएपछि प्रदेश सभा र प्रतिनिधि सभाका लागि मतदान गर्न पाउनु आफ्ना लागि निकै गर्वको कुरा भएको बताए। 

‘इतिहासको एउटा अध्याय र अर्को अध्ययाको सुरुवात भएको छ,’ दाहालले भने । यो निर्वाचनपछि राजनैतिक स्थीरता आउने र त्यसबाट विकास र निर्माणको रफ्तार बढ्ने दाहालले बताए ।

दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अघि बिहान माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन क्षेत्र नं. ३ अन्तर्गत रहेको भरतपुर महाननगरपालिका वडा नं. १४ शिवनगरको शान्तिपुर स्कुलमा मतदान गरेका छन् । दाहाल सो क्षेत्रको उम्मेदवार पनि हुन् ।

यो चुनाबपछि पाँच वर्ष टिक्ने बलियो र स्थायी सरकार बन्ने दाहालले बताए । ‘सरकार पाँच वर्ष नटिक्दा विकास निर्माणले गति लिन पाएन । अहिले पहिलो चोटी त्यो स्थीतीको अन्त्य हुँदैछ । गठबन्धनले बहुमत ल्याउँदै छ । सरकार बनाएर विकास र सम्वृद्धिको एजेन्डामा केन्द्रित हुने अवसर निर्माण भएको छ’ दाहालको भनाइ थियो ।

दाहाल बिहान सातै बजे नै मतदान केन्द्र पुगेका थिए । यसअघिका निर्वाचनमा चितवन क्षेत्र नं. २ अन्तर्गत रहेको भरतपुर–४ को लक्ष्मी मावि लंकु मतदान केन्द्रमा मतदान गर्दै आएका दाहालले पहिलो पटक शिवनगरबाट मतदान गरेका हुन् ।

कास्किमा जन्मेका दाहालले शिवनगरमा हुर्के बढेका र स्कुले शिक्षा पनि पुरा गरेका हुन् । चितवनमा १६१ ठाउँमा ४०८ मतदान केन्द्रहरु छन् । जिल्लामा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि छ निर्वाचन क्षेत्र छन् । जिल्लाका कुल मतदाता संख्या तीन लाख ५४ हजार ३६ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved