बम बिस्फोटका घटनाबारे विप्लब माओवादीले गर्यो यस्तो खुलासा, आजदेखि बम नपड्किने!

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 01:39:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बम बिस्फोटका घटनाहरुको जिम्मेवारी लिएको छ। निर्वाचनको क्रममा देशका विभिन्न स्थानहरुमा भएको बम बिस्फोटको जिम्मेवारी लिंदै विप्लब माओवादीले अब आक्रमण रोकिने जनाएको छ। 

बम बिस्फोटनलाई प्रतिरोधका घटना भन्दै नेकपाले मतदान सकिएपछी बम बिस्फोटनका सबै कार्यक्रम फिर्ता लिने भएको छ। बम बिस्फोटको जिम्मेवारी लिंदै मतदान पछि बम बिस्फोट नहुने विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले पुष्टि गरेका हुन।  

बिशेषगरि प्रदेश र प्रतिनिधिसभामा बम बिस्फोटको घटना ब्यापक रुपमा बढेको थियो। यहि कममा एक म्यादी प्रहरीको समेत मृत्यु भएको थियो। तर विप्लब माओवादीले भने उक्त घटना प्रति कुनै आत्मालोचना गरेको छैन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved