धनराजको आँसुुले पोल्यो स्याङ्जा कांग्रेसलाई !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 13, 2017 | 12:05:30 PM मा प्रकाशित

laxmi  sunrise bank

‘पार्टीभित्र धनवाद र डनवाद हावी भएको छ । त्यसैका कारण मैले उम्मेदवारी पाइनँ’ स्याङ्जाको एउटा कुनामा जन्मेर आफ्नै क्षमतामा नेपालभरि चर्चित रहन सफल रहेका कांग्रेस युवा नेता धनराज गुरुङको भनाई हो यो । आफूले उम्मेदवारी नपाए पछि करिब एक महिना अगाडि राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ताका क्रममा आँखाबाट बरबर्ती आँसु चुहाउँदै यही विषयलाई लिएर कांग्रेस नेतृत्व समक्ष दुुखेसो गरेका थिए उनले ।

अहिले निर्वाचनमा कांग्रेसले बेहोरेको हारका पछाडि गलत उम्मेदवारी चयन भएको विश्लेषकहरुले बताइरहेका छन् । स्याङ्जा जिल्लाको दुुईवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि धनराज गुरुङको नाम सिफारिश गरी पठाइएको थियो । तर कांग्रेस नेतृत्वले धनराजलाई प्रदेशसभामा उम्मेदवार बनाउने निर्णय ग¥यो ।

तत्कालीन अख्तियार प्रमुख लोकमान विरुद्ध महाभियोग लगाउन पार्टीभित्रैका युवा सांसदलाई एकत्रित पार्ने धनराज स्याङ्जामा मात्रै होइन मुलुकभरि नै युवाहरुका माझ रोल मोडलका रुपमा चिनिन्छन् । उनले आफूलाई प्रतिनिधिसभाका लागि मात्रै सिफारिश गरेको र प्रदेशसभाका लागि सिफारिश नगरेको भन्दै आफू प्रदेशसभाको उम्मेदवार बन्न इन्कार गरे ।

धनराजको भनाई थियो ‘मलाई जिल्लाबाट प्रतिनिधिसभामा सिफारिश गरिएको हो । म जस्तै अन्य साथीहरुलाई प्रदेशसभाको उम्मेदवारका लागि सिफारिश गरिएको छ । यदि म प्रदेशसभाको उम्मेदवार बनिदिएँ भने प्रदेशसभाका लागि सिफारिश भएका ती साथीहरुमाथि अन्याय हुन्छ ।’

स्याङ्जाका धेरैजसो युवाहरु त्यतिबेलै देखि कांग्रेस नेतृत्वप्रति रुष्ट थिए । कतिपय कांग्रेसकै स्थानीय नेताहरुले त्यसको आलोचना समेत गरेका थिए । स्याङ्जा २९ख० को प्रदेशसभामा बाहेक अन्य सबै स्थान कांग्रेसले गुमाए पछि स्याङ्जाका युवाहरु सामाजिक संजालमा लेखिरहेका छन्, ‘स्याङ्जा कांग्रेसलाई धनराजको आँसुले पोल्यो ।’ नेपाल समाचारपत्रबाट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved