खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन, नबुझाए नगद जरिवाना तिर्नु पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2017 | 10:57:12 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन खर्च पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । खर्चको विवरण नबुझाउने उम्मेदवार तथा दललाई संघीय कानुन अनुसार कारबाही हुने छ । 

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारहरुले सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय÷क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी भएका राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको निर्वाचन खर्चको विवरण समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने छ । 

निर्वाचन कसूर तथा सजायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ को दफा ३१ मा निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ । दफा ३१ को उपदफा (४) मा त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले १५ हजार रुपियाँ जरिवाना गरी मनासिव समय तोकी त्यस्तो विवरण सार्वजनिक गर्न आदेश दिन सक्ने छ । सो आदेश अनुसार तोकिएको समयभित्र त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले पटकै पिच्छे १५ हजार रुपियाँ जरिवाना गर्न सक्ने उल्लेख छ । 

आयोगको निर्णय यस प्रकार छ ः 

‘‘संवत् २०७४ साल मंसिर १० र ऐ. २१ गते प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा  (४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पंैतीस) दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था भएको हुँदा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम भएको निर्वाचनमा सहभागी भएका उम्मेदवारहरूले उल्लिखित कान्््््््ूनी व्यवस्था बमोजिम निर्वाचनको सिलसिलामा आफूले गरेको निर्र्वाचन खर्चको विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को अनुसूची ९२ बमोजिमको ढाँचामा निर्वाचनको परिणाम प्रकाशन भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालय÷क्षेत्रीय निर्वाचन कार्यालयमा पेश गर्न सम्बन्धित उम्मेदवारहरूको जानकारीका लागि संलग्न अनुसूची बमोजिमको सूचना गोरखापत्र दैनिकमा प्रकाशन गर्ने र सोको जानकारी जिल्ला निर्वाचन कार्यालय÷क्षेत्रीय निर्वाचन कार्यालयहरूलाई गराउने ।’’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved