प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक व्यक्ति हुनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 02:04:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक व्यक्ति हुनुपर्ने निष्कर्षमा पुगेर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताको बिषयमा जतिसक्दो चांडो निर्णय लिंदा उचित हुने निर्णय गरेको छ।

बैठकले अप्रत्यक्ष रुपमा अध्यक्षको नेतृत्व प्रचण्डलाई दिनुपर्ने औपचारिक निर्णय गरेको छ। तर एमालेको पक्षबाट भने ओली नै अध्यक्ष र प्रधानमन्त्री पनि बन्ने धारणा आइरहेको छ । 

त्यस्तै माओवादीले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसंग एकताबारे छलफल गर्ने भएको छ। बैठकमा एमालेसँगको पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति र सरकार गठन लगायतका विषयमा छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव मनहरि तिमल्सिनाले जानकारी दिएका छन् । 

बैठकमा एमालेसँग पार्टी एकता तथा पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकार गठनमा देखिएको जटिलताबारे विस्तृत छलफल भएको बताइएको छ। 

मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन लगत्तै एमाले र माओवादीबीच एकता प्रक्रिया अगाडि बढाउने वाम गठबन्धनको निर्णय अझै अलपत्र परेको अवस्थामा माओवादी केन्द्रको यो बैठक बसेको हो ।

एमालेसँगको एकताका लागि नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा दुई पार्टीबीचको पार्टी एकता संयोजन समितिको समेत बस्न सकेको छैन । यद्यपि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भने परामर्श भइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved