१० अर्ब निष्काशन गर्दा २३ अर्बको माग, वित्तीय बजारमा फेरी १० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 04, 2018 | 07:23:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा १० अर्ब पठाउने भएको छ। तरलता अभाब भएको भन्दै बैंकहरुले धमाधम ब्याजदर बढाएसंगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विकास ऋणपत्र खरिद गरेर १० अर्ब बैंकिङ प्रणालीमा पठाउन लागेको हो। 

राष्ट्र बैंकले बजारमा तरलता कायम गर्नका लागि उनीहरुले किनेको ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ। बैंकहरुले पुष २०  गते दिउँसो दुई बजेसम्म आफुसंग भएको बिकास ऋणपत्र के कति मुल्यमा बिक्रि गर्ने हो त्यससम्बन्धि जानकारी राष्ट्र बैंकमा गराउनु पर्नेछ। विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ ।  

लगानी योग्य रकम अभाब भएको भन्दै बैंकहरुले महँगो ब्याजदरमा पैसा उठाउन थालेपछि राष्ट्र बैंकले बैंकहरुसंग रहेका ऋणपत्र खरिद गरेर बैंकहरुलाई रकम उपलब्ध गराउन लागेको हो। राष्ट्र बैंकले पुष १६ गते पनि विकास ऋणपत्र बिक्रि गरि वित्तीय बजारमा ५ अर्ब पठाएको थियो। 

१० अर्ब निष्काशन गर्दा २२ अर्ब ६८ करोडको माग

राष्ट्र बैंकले पुष १९ गते मात्रै १० अर्ब रुपैयाँ बजारमा पठाउदा बैंकहरुबाट २२ अर्ब ६८ करोड ४४ लाखको माग आएपछी बिहिबार १० अर्ब बजारमा पठाउन लागेको हो। 

राष्ट्र बैंकले बुधबार मात्र १० अर्ब रुपैयाँ बजारमा पठाउदा २३ बैंक तथा वित्तीय संस्थाले यो रकम मागेका हुन। तर २३ वटा वित्तीय संस्थाले ऋणपत्रमा माग गरेपनि १३ वटा मात्र बैंकले पाएको राष्ट्र बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved