सर्वदलीय बैठक सुरु, २ पार्टीका अध्यक्ष नै अनुपस्थित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2018 | 08:37:32 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको ५ राष्ट्रिय पार्टीको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न देउवाले सर्वदलीय बैठक डाकेका हुन् ।

बैठकमा राष्ट्रियसभाको निर्वाचन, नयाँ सरकार गठन , प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशहरुको अस्थायी राजधानी तय गर्ने विषयमा छलफल हुने छ।  

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशांक काेइराला ,कृष्णप्रसाद सिटौला उपस्थित छन्।

एमाले अध्यक्ष केपी ओली भने बैठकमा गएका छैनन् । एमालेबाट पूर्वसभामुख सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल, पूर्वमन्त्री विष्णु पौडेल र अग्नी खरेल सहभागी छन्।

बैठकमा राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर, अनिल झा, महिन्द्र राय यादव, राजकिशोर यादव सहभागी छन्। त्यस्तै फोरमबाट राजेन्द्र श्रेष्ठ लगायत नेता बैठकमा छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved