डा केसीको पक्षमा सर्बोच्चमा बहस गरेका अधिबक्ता ढकाल भन्छन् 'अब आइन्दा यस्तो बहस गर्नु नपरोस'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2018 | 10:33:51 AM मा प्रकाशित

laxmi  sunrise bank

डा.गोविन्द के.सी.को तर्फबाट सम्मानित सर्वोच्च अदालतमा बहस गर्दाको अनुभव
१. गलानी महशुश ः कानून व्यवसायिको नाताले सर्वोेच्च अदालतको प्रधान न्यायाधिश विरुद्ध बहस गर्नु पर्दा गलानी महशुश भयो । नेपाल बार ले कानून व्यवसायिलाई दिएको लोगो फुकालेर बहस गरियो । अब आइन्दा यस खालको बहस गर्नु नपरोस ।

२. गर्व महशुश ः सर्वोच्च अदालतका प्रधान न्यायाधिशको निर्देशनमा अदालतले नै तयार गरेको प्रतिवेदन कै आधारमा निज विरुद्ध नै बहसको अवसर सिर्जना हुनु अकल्पनिय घट्ना हो । शायद इतिहासमा पुन यस्तो अवसर नजुटला । त्यो अवसरको प्रत्यक्ष साक्षि हुन पाइयो ।

३. सम्माननिय प्रधान न्यायाधिश विरुद्ध यस अगाडि दर्ता भएको रिटमा पारदर्शिता खोजिएको भए आजको अवस्था आउने थिएन ।

४. सम्माननिय विरुद्ध लागेका नागरिकता लगाएत शैक्षिक प्रमाणपत्रको प्रमाण हामीले पनि सामाजिक सञ्जालबाटै सेयर गर्न पाऔं ।

५. २१ औ शताब्दिको लोकतन्त्र पारदर्शितामा अडेको छ । प्रधान न्यायाधिशले पनि पारदर्शिता अपनाउनु पर्छ

६. मदन भण्डारीले राजालाई भन्नु हुन्थ्यो...महाराज आँखा नचम्काइबक्सीयोस, हात नलम्काइ बक्सीयोस, राजनीति गर्ने भए नेता बनि बक्सीयोस आज कानून व्यवसायिको हैसियतले भन्दैछु... विहानै समातेको भए उज्यालो हुने थियो...घाम लाग्ने थियो... श्रीमान हात नलम्काइ बक्सीयोस... साधारण तारिखमा डा. के.सी.लाई छोडिबक्सीयोस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved