प्रधानन्यायाधीशले राजिनामा नदिएसम्म डा केसीले अनसन नतोड्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2018 | 12:26:47 PM मा प्रकाशित

laxmi  sunrise bank

डा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले राजीनामा नदिएसम्म अनसन नतोड्ने अडान लिएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चबाट साधारण तारेखमा रिहा भएपछि केसीले शिक्षण  अस्पतालमा अनसनलाई निरन्तरता दिई रहेका छन्  ।  

केसीले पराजुलीको राजीनामालाई नै मुख्य माग बनाउँदै केसीले अनसन जारी राख्ने निर्णय गरेका हुन् । 

सर्वोच्चले बुधबार केसीको अवहेलनामा मुद्दामा प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिँदै   केसीलाई तारेखमा हिरा गरेको थियो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved