बिना विभागीय बनेको ३ महिनापछि माओवादीका मन्त्रीद्वारा राजिनामा, जाँदाजाँदै देउवा सरकारलाई गम्भीर आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2018 | 10:44:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले आज सरकार छाडेका छन्  । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका हुन् । नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले गिरिराजमणि पोख्रेलको नेतृत्वमा माओबादी मन्त्रीहरुले पार्टीको तर्फबाट राजिनामा पत्र प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएका हुन्  

पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको बताए । मन्त्री पोख्रेलले  आफुलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेको बताए । 

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए।एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि प्रधाननम्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुको मन्त्रालय खोसिदिएका थिए। 

निर्वाचनअघि राजीनामा दिने तयारी गरे पनि माओवादीले सरकार छाड्दा चुनाव नहुने निष्कर्ष निकालेको थियो। अब भने निर्वाचन सकिएको र राष्ट्रिय सभा निर्वाचनको तालिका पनि सार्बजनिक भईसकेकाले सरकार छोड्न लागेका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री रहेको वर्तमान सरकारमा कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका नौ जना मन्त्री र  सात राज्यमन्त्री सहभागी थिए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved