पत्रकारलाई आर्थिक कानून पढाउने संझौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 08:20:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आर्थिक पत्रकार समाज सेजन र भरतराज उप्रेती फाउण्डेशनबीच आर्थिक कानूनबारे प्रशिक्षण गर्ने सम्झौता भएको छ । आर्थिक क्षेत्रका कार्यरत पत्रकारको संस्था सेजन र स्वर्गीय न्यायाधीश र वरिष्ठ कानून व्यवसायी भरतराज उप्रेतीको स्मृतिमा स्थापित फाउण्डेशनबीच व्यावसायिक कानूनसम्बन्धी विषयमा जानकारी प्रदान तथा क्षमता अभिवृद्धि गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपालको कानून तथा न्याय प्रणाली र व्यावसायिक कानून, ऊर्जा र पूर्वाधार निर्माण तथा सञ्चालनसम्बन्धी कानून, सार्वजनिक खरिदसम्बन्धी कानून तथा बौद्धिक सम्पत्तिको संरक्षण, उपभोक्ता संरक्षण र प्रतिस्पर्धासम्बन्धी कानूनबारे प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

कानूनसम्बन्धी प्रशिक्षण सम्झौतामा सेजनका अध्यक्ष पुष्पराज आचार्य र फाउण्डेशनका तर्फबाट अध्यक्ष अञ्जु उप्रेती ढकालले हस्ताक्षर गरे । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved