भोलीको सार्वजनिक विदा कायम छ, फिर्ता हुन्न : गृह मन्त्रालय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2018 | 01:55:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भोली माघ ४ गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ  । सरकारले माघ ४ गते सोनाम ल्होसारको बिदा दिएको हो । केहि तामाङ समुदायले नै भोलीको बिदा फिर्ता गर्न माग गरेका थिए । जुन समुदायको चाड पर्वको लागि बिदा दिइएको हो , त्यहि समूहले नै बिदा फिर्ता गर्न माग गरेपछि भोली बिदा फिर्ता भएको वा नभएको भन्ने अन्योल देखिएको थियो । तर गृह मन्त्रालयले विदा फिर्ता नभएको र पुर्व निर्धारित कार्यक्रम अनुसार भोलीको बिदा कायम रहने स्पष्ट पारेको हो । 

सोनाम ल्होसार फागुन ४ गते पर्ने भएकाले सो अवसरमा अवसरमा सरकारले माघ ४ गते दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको थियो । तामाङ घेदुङ संघ लमजुङ शाखाले आज पत्रकार सम्मेलन गरी ४ माघका दिन दिएको बिदा फिर्ता लिन आग्रह गरेको थियो ।

मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा ( फागुन ४ गते)पर्ने भन्दै माघ ४ गतेको सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेको उक्त संघले जनाएको थियो । 

 तामाङ जातिले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved