आज सार्वजनिक विदा कायम छ, फिर्ता हुन्न : गृह मन्त्रालय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 05:35:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज माघ ४ गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ  । सरकारले माघ ४ गते सोनाम ल्होसारको बिदा दिएको हो । केहि तामाङ समुदायले नै आजको बिदा फिर्ता गर्न माग गरेका थिए । जुन समुदायको चाड पर्वको लागि बिदा दिइएको हो , त्यहि समूहले नै बिदा फिर्ता गर्न माग गरेपछि आज बिदा फिर्ता भएको वा नभएको भन्ने अन्योल देखिएको थियो। तर गृह मन्त्रालयले विदा फिर्ता नभएको र पुर्व निर्धारित कार्यक्रम अनुसार आजको बिदा कायम रहने स्पष्ट पारेको छ।

सोनाम ल्होसार फागुन ४ गते पर्ने भएकाले सो अवसरमा सरकारले माघ ४ गते दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको थियो । तामाङ घेदुङ संघ लमजुङ शाखाले हिजो पत्रकार सम्मेलन गरी ४ माघका दिन दिएको बिदा फिर्ता लिन आग्रह गरेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीले सरकारले बिदा स्विकृत गरेको बताए। उनले भने 'पूर्वनिर्धारित विदा अनुसार माघ ४ गते  पनि बिदा हुने छ।' 

मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा ( फागुन ४ गते)पर्ने भन्दै माघ ४ गतेको सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेको उक्त संघले जनाएको थियो । तामाङ जातिले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन् । 

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीले सरकारले बिदा स्विकृत गरेको बताए। उनले भने 'पूर्वनिर्धारित विदा अनुसार माघ ४ गते  पनि बिदा हुने छ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved