सात प्रदेशका प्रमुखले लिए सपथ, फोटो पत्रकारले गरे बिरोध

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 19, 2018 | 03:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ संविधान अनुसार पहिलो पटक नियुक्त भएका प्रदेश प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन। नव नियुक्त प्रदेश प्रमुखहरुले आज दिउँसो ४ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुली पनि उपस्थित थिए। 

सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो। सरकारले प्रदेश १ मा डा. गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाप्रसाल खनाल र प्रदेश ७ मा मोहनराज मल्ल  तोकेको छ  ।

उता निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित २२० सांसदलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ। आयोगको केन्द्रीय कार्यलय कान्तिपथमा आयोजित कार्यक्रममा प्रदेश सांसदहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाए ।  प्रदेश प्रमुखहरुले सम्वन्धित प्रदेशको कार्यालयमा गएर पदभार सम्हाल्नेछन् । लगतै प्रदेशसभा सदस्यहरुलाई सपथ गराउनु पर्नेछ। 

त्यस्तै सपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमलाई प्रवेश नदिएको भन्दै फोटो ग्राफरहरुले राष्ट्रपति कार्यालयको गेटमा क्यामरा बन्द गरेर विरोध जनाएका छन।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved