गौचन हत्या काण्डका मुख्य सुटर पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 11:16:56 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायी शरद कुमार गौचन हत्यामा संलग्न मुख्य सुटर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गौचन हत्यामा संलग्न मुख्य सुटर म बहादुर गुम्बेलाई पक्राउ गरेको हो । 

ब्यूरोको टोलीले गएराती ११ बजे चितवनबाट  गुम्बेलाई पक्राउ गरेको हो ।  गुम्बे नेपाल आर्मीको कालिबक्स गणबाट भागेका भगौडा आर्मी हुन् । चितवनबाट धादिङ हुँदै काठमाडौँ आएका गुम्बेले गत असोज २३ गते गौचनलाई गोली प्रहार गरेका थिए । 

राजधानीको नयाँ बानेश्वरस्थित खरिबोट चोकमा असोज २३ गते दिउँस गौचनको  गाली हानी हत्या भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved