सम्पत्ति शुद्धिकरण मुद्दामा गुण्डा नाइके मिलन चक्रेले पाए सफाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2018 | 03:18:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा  गुण्डा नाइके मिलन चक्रेले सफाई पाएका छन् ।  बुधबार विशेष अदालतले चक्रेलाई सफाइ दिएको हो ।

बुधबार न्यायाधीशहरु रत्नबहादुर बागचन्द चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले उनलाई सफाइ दिने फैसला सुनाएको हो ।

अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले गुरुङसहित ५ जना गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गर्दै २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थियो। गुरुङसहित दीपक मनाङे (राजीव गुरुङ), गणेश लामा, अभिषेक गिरी र पर्शुराम बस्नेत विरुद्ध एकै दिन अभियोगपत्र दायर भएको थियो। त्यसमध्ये मनाङेले पनि यसअघि नै सफाइ पाइसकेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved