फेरी बढ्यो डिजेल, पेट्रोलको मूल्य, हेर्नुहोस अब कति पुग्यो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 01, 2018 | 06:56:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै पेट्रोल, डिजेल र मटि्टतेलमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।

निगमले दिएको जानकारी अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल, मटितेलमा २/२ रुपैयाँ, हवाई इन्धनको मूल्य ५ रुपैयाँले बढेको छ भने खाना पकाउने ग्यासको मूल्य भने यथावत छ। 

बढेको मुल्य बिहिबार राति १२ बजेबाट लागू हुने निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए। स्वचालित मूल्य प्रणालीलाई कार्यान्वयनमा ल्याएको निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि भाउ बढाएको हो।   

भारतीय आयल कर्पोरेशनको नयाा मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको निगमको भनाई छ। नयाँ मुल्य अनुसार पेट्रोल एक लिटरलाई १०४ तथा डिजेल र मट्टतिेलको एक लिटरको मूल्य ८३-८३ रुपैयाँ पुगेको छ। निगमले गत पुस १७ गते मात्रै इन्धनमा मूल्यवृद्धि गरेको थियो ।

विगत दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको भाउ निरन्तर उकालो लागेपछि निगमले पनि मूल्य बढाउँदै आएको छ। मूल्य वृद्धि गरे पनि १५ दिनको निगमको घाटा १४ करोड ९२ लाख रुपैयाँ रहेको प्रवक्ता गोइतले बताए।

निगमले यसअघि पेट्रोल लिटरमा एक सय तीन, डिजेल, मट्टीतेल ८१ रुपैयाँ, हवाई इन्धन ९० रुपैयाँ र खाना पकाउने ग्यास सिलिन्डर १३ सय ७५ रुपैयाँमा बिक्री गर्दै आएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved