युवा उद्यमीलाई लक्षित गर्दै राजधानीमा 'स्टार्ट अप' मेला हुने, यस्ता छन् आकर्षण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2018 | 03:53:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 आभा ग्रुपको आयोजनामा काठमाडौँमा २ दिने स्टार्टअप मेला हुने भएको छ । नेपालमा स्टार्ट अपका सम्भाव्यता अध्ययन गरी, स्टार्ट अपमा देखिने समस्या पहिचान गरी, तिनको समाधान गर्न, नेपालको स्टार्ट अप मार्केटलाई बिश्व ब्यापी बजारसंग जोड्न, स्टार्ट अप र उद्यमीहरुलाई इनोभेसनको लागि प्रोत्साहन गर्न, स्टार्ट अपको लागि अनुकुल नीति निर्माणको लागि आवाज उठाउने उदेश्यले मेला गर्न लागिएको आभा ग्रुपले जनाएको छ  ।

आउँदो फेब्रुअरी १६ र १७ तारिखका  काठमाडौंको होटल प्लाटिनियमा सोल्टीमोडमा संचालन हुने मेलामा नेपाल लगायत विभिन्न देशका उद्यमीहरु स्पिकरको रुपमा रहने छन् । मेलामा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको प्रतिनिधित्व रहने आभा ग्रुपका कन्ट्री प्रोग्राम म्यानेजर थानेश्वर गौतमले जानकारी दिए । 

विशेष गरि नयाँ व्यवसायको खोजिमा रहेका युवाहरुलाई व्यवसाय कसरी छनोट गर्ने,व्यवसाय सम्वन्धि ज्ञान र सीपका बारेमा कसरी जानकारी लिने र लगानी कसरी जुटाउने भन्ने सम्वन्धमा यो मेलामा विशेष जानकारी दिइने भएकाले मेला सबै सहभागीका लागि प्रत्युत्पादक हुने आयोजकले बताएका छन् । मेलामा देश विदेशका थुप्रै सहभागीहरुको उपस्थिती रहनुका साथै विदेशबाट दर्जनौ सफल उद्यमीहरु आएर युवालाई ज्ञान र सीप सिकाउने कार्यक्रम रहेको छ ।

मेलामा सहभागी हुनका लागि फेबु्रअरी १० तारिख सम्ममा अनलाईन फर्म भरेर पठाउन सकिने आयोजकले बताएका छन् । सहभागीका लागि डिनर सहित १५०० दस्तुर तोकिएको छ भने लगानीकर्ताका लागि स्पेशल डिनर सहित ५००० दस्तुर तोकिएको छ । मेलाको आधाकारिक वेबसाइट http://www.thestartupmela.com/ बाट पनि   मेलाको विवध पक्षबारे बुझ्न सकिने आयोजकले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved