पार्टी एकता सहमतिमा आजै हस्ताक्षर गर्ने एमाले–माओवादी तयारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 04:19:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओवादी केन्द्रले दुई पार्टीको एकतामा आज साँझ हस्ताक्षर गर्ने तयारि थालेका छन। एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएका छलफलले एकताका मुद्दामा सहमति जुटाएपछि आज साँझ हस्ताक्षर गर्ने तयारी गरिएको हो।  

पार्टी एकता संयोजन समितिको बैठकपछि सहमति पत्रमा हस्ताक्षर गर्ने तयारि छ। बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ। संयोजन समितिमा रहेका एक नेताले सबै विषयमा सहमति जुटिसकेकाले आजै हस्ताक्षर हुने बलियो सम्भावना रहेको बिजपाटिलाई बताए। 'सबै बिषयमा सहमति जुटिसकेको छ, त्यस्तो केहि अनपेक्षित भएन भने आजै सहमति पत्रमा हस्ताक्षर हुनेछ।' 

एकीकृत पार्टीको वैचारिक लाइनमा कुनै विवाद नरहेको माओवादी केन्द्रका एक नेताले बताएका छन। 'एकता सहमति पत्रमा जनताको बहुदलीय जनवाद र माओवाद दुबैलाई छलफल गर्दै महाधिवेशनमा लगेर टुंग्याइने उल्लेख गर्ने सहमति भएको छ, प्रमुख सिद्दान्त के हुने भन्नेबारे अब केहि विवाद छैन' उनले भने। 

महाधिवेशनसम्म ओली र प्रचण्ड अध्यक्ष रहने, दुबै नेताहरूले प्रधानमन्त्रीमा आलोपालो गर्ने, दुबै  पार्टीको प्रतिनिधित्व हुने गरी एउटै  स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति बनाउने पुरानो सहमतिलाई टेकेर सहमति पत्रमा हस्ताक्षर हुने बताइएको छ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved