राष्ट्रपतिद्वारा राष्ट्रियसभामा खतिवडा, विडारी र पौड्याल मनोनित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 01:32:17 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति बिद्यादेवी भण्डारीले तीन जनालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छिन। सरकारले सिफारिस गरेको केही घन्टाभित्रै राष्ट्रपति भण्डारीले डा. युवराज खतिवडा, अधिवक्ता रामनारायण बिडारी र डा. विमला पौड्याललार्इ राष्ट्रियसभाको सदस्यमा मनोनीत गरेकी हुन् ।  

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम ३ जनालार्इ राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। 

देउवा सरकाले राष्ट्रियसभाको सदस्यमा नियुक्तिका लागि यसअघि गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेललारको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । केपी ओली नेतृत्त्वको नयाँ सरकारले देउवा सरकारको उक्त निर्णयलाई बदर गर्दै राष्ट्रिय सभामा नयाँ अनुहार सिफारिस गरेको हो। 

यी ३ सदस्यको नियुक्तिसँगै राष्ट्रियसभाले पूर्णता पाएको छ । प्रत्येक प्रदेशबाट ८–८ जनाका दरले चुनिएर आएका ५६ जना र राष्ट्रपतिद्वारा मनोनीत ३ जना गरी राष्ट्रियसभामा जम्मा ५९ जना सांसद रहने संवैधानिक व्यवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved