सावधान! अबदेखि काठमाडौंमा सार्वजनिक स्थानमा खैनी-चुरोट खान नपाइने, यस्तो छ महानगरको 'अप्रेशन'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 23, 2018 | 05:46:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक स्थानमा चुरोट पिउनेहरूका कारण तपाईले दुख भोग्दै आउनुभएको छ ? हो भने अब काठमाडौं महानगरपालिकाले तपाईको लागि खुसिको खबर ल्याएको छ।  

हो, काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले राजधानीलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा गरेका छन। शाक्यको यो घोषणसंगै अब काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थको सेवन गर्न पाइने छैन ।  

महानगरले ब्लूम्बर्ग फिलानट्रोपिज, भाइटल स्ट्राटेजीजसंगको संयुक्त आयोजनामा काठमाडौं शहरलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त गराउने अभियान नै सञ्चालन गरिरहेको छ। 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सन् २०१८ को अन्त्यसम्ममा काठमाडौंलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त शहर बनाउने लक्ष्यलाई कार्यन्वयन गर्ने गरि काम अगाडी बढिरहेको बताएका छन। 

'अबदेखि काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पाइनेछैन, यसका लागि सम्बन्धित निकायसंग महानगरले छलफल गरिरहेको छ' शाक्यले भने। 

सरकारले २०४९ देखि सार्वजिनक स्थानमा धुम्रमान निषेध गरेपनि नीति कार्यान्यवयनमा आउन नसक्दा अहिलेसम्म पनि सार्वजानिक स्थलहरुमा सूर्तीजन्य पदार्थको सेवन नियन्त्रण हुन नसकेको शाक्यले भने। 'गत मङ्सिरदेखि नै धुम्रपानमुक्त काठमाडौं अभियान सुरु भएपनि अब यसको प्रभावकारी कार्यान्वयन हुनेछ' उनले भने।

महानगरले अन्य सम्बन्धित निकायहरुसंगको सहकार्यमा धुम्रपानमुक्त काठमाडौं अभियानलाई कार्यन्वयन गर्ने प्रतिबद्धता गरको छ। धुम्रपानमुक्त काठमाडौं बनाउने अभियान संचालन गर्न ब्लूम्बर्गले महानगरलाई १ करोड सहयोग गरेको छ।

त्यस्तै १८ वर्ष नपुगेका र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ निःशुल्क वितरण वा बिक्री गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने छ।  सुर्तिजन्य पदार्थ नियन्त्रण ऐनले सार्वजनिक स्थान भनि तोकिएको क्षेत्रमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोग गरे १ सय रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । त्यसैगरी सूर्तिजन्य पदार्थलाई बिक्रीस्थलमा सजावटका लागि प्रयोग गर्न पाउने छैन ।

धुम्रपान तथा सूर्तिजन्य पर्दार्थ मुक्त शहर बनाउने गरिने कार्यक्रमहरु 

१. प्राविधिक कार्यदलको गठन तथा काठमाडौं महानगरपालिकालाइ धुम्रपान रहित बनाउन फलोअप मिटिङ्गको आयोजना गर्ने ।

२. मेयर तथा अन्य जनप्रतिनिधिहरुलाइ धुम्रपानरहित का.म.पा. को नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने ।

३. पत्रकार सम्मेलनको आयोजना गरि धुम्रपानरहित काठमाडौं महानगरपाकिका घोषण गर्न समुदायको सहयोग जुटाउने ।

४. काठमाडौं जिल्लाका उत्प्रेरणादायी संस्थाहरु तथा सरोकारवाला संस्थाहरलाइ कार्यक्रम सम्बन्धी परिचयात्मक कार्यक्रम गरी काठमाडौं महानगरपालिकालाइ धुम्रपान रहित बनाउने अभियानमा सहयोग जुटाउने ।

५. धुम्रपान रहित का.म.पा.का निर्देशिकाको खाका तयार गरी कार्यान्वयन गर्ने ।

६. धुम्रपान रहित कार्यक्रमको कार्यान्वयनको पहुँच तथा उपभोगको लागी सर्वेक्षण गर्ने

७. उत्प्रेरणादायी संस्थाहरु तथा काठमाडौं महानगरीय प्रहरी वित्तलाइ धुम्रपान रहित का.म.पा. सम्बिन्धी तालिम दिने ।

८. धुम्रपानरहित वातावरण तथा सूर्ति नियन्त्रण सम्बन्धि जनमानसको धारणा बुझ्न सर्वेक्षण गर्ने ।

९. राष्ट्रिय निती निर्माताहरु संग बृहद सूर्ति नियन्त्रण नितीको लागी गोलमेच छलफल कार्यक्रमको आयोजना गर्ने ।

१०. १० हजार धुम्रपान सिगनेज छापी वितरण गर्ने तथा प्रभावकारी रुपमा सम्पूर्ण ठाउँहरुमा प्रदर्शन गर्ने ।

११. निरिक्षण तथा सुपरिवेक्षण गरी होटल , रेष्ट्रुडेन्ट , व्यापारीक भवन , सरकारी भवन तथा अन्य सार्वजनीक स्थानहरुमा अनुगमन गर्ने । यसको लागि नेपाल प्रहरी , जिल्ला प्रशासन कार्यालय काठमाडौं महानगरपालिकाको प्रहरी परिचालन गर्ने ।

१२. स्थानीय सरकारका वरिष्ठ अधिकारीहरु तथा सम्बन्धीत सरोकारवालाहरुसँग चौमासिक रुपमा समिक्षा बैठक गर्ने ।

१३. निती निर्माता , स्वास्थ्यकर्मी तथा जनस्वास्थ्यकर्मीहरु , पिडितहरुलाइ सहभागी गराइ रेडियो तथा टिभीमा छलफल कार्यक्रमहरु प्रसारण गर्ने ।

१४. जनचेतनामूलक तथा उत्प्रेरणा प्रदान गर्ने । पोष्टर , पम्पलेट , पुस्तिका , पर्चा , ब्रोसार , फेसिड तथा अन्य सम्बिन्धीत प्रचार सामाग्री निर्माण गर्ने ।

१५. धुम्रपान रहित का.म.पा.को लागि रेडियो,एफ एम, टिभी, पत्रपत्रिकाहरुमा उत्प्रेरणादायी सन्देशहरुकोे प्रवाह गर्ने ।

१६. विधुतिय प्रचार बोर्ड राखी वार्षिक कार्यक्रमको प्रदर्शनी गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved