पुर्वउपराष्ट्रपति परमानन्द झाले भारत पुगेर भने, नेपाल मगन्तेको देश हो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 28, 2018 | 07:13:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झाले भारत पुगेर नेपालको आन्तरिक मामिलाबारे विवादास्पद प्रतिक्रिया दिएका छन। भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्वविद्यार्थी सम्मेलनमा सहभागी हुन गएका झाले भारतीय मिडियासंग कुरा गर्दै नेपाल 'माग्नेको देश' भएको बताएका हुन। 

भारतीय चर्चित मिडिया मध्येको एक ‘दैनिक जागरण’ ले बुधबारको अंकमा पुर्व उपराष्ट्रपती झासंगको वार्तामा आधारित रहेर प्रकाशन गरेको समाचारमा झाले नेपाल 'मगन्तेको देश' भएको प्रतिक्रिया दिएको उल्लेख गरेको छ।

Image result for परमानन्द झासो अखबारले पूर्वउपराष्ट्रपति झासँगको वार्तालाई ‘चीन से डरनेकी जरुरत नहीं’ (चीनसँग डराउन जरुरी छैन) शीर्षक दिएको छ। सो समाचारमा पछिल्लो समय चीनसँग नेपालको बढ्दो निकटता र भारतसँग बढेको दुरीबारे सोधिएको सवालमा पूर्वउपराष्ट्रपति झाले दिएको जवाफ उद्धृत गर्दै सो अखबारले लेखेको छ, ‘यो भ्रम सिर्जना गर्ने सोच हो । यसमा कुनै सत्यता छैन ।’   

पूर्वउपराष्ट्रपति झाको भनाईलाई उल्लेख गर्दै समाचारमा भनिएको छ, ‘कुनै पनि देश आफ्नो विकास चाहन्छ । नेपाल पनि विकास गर्न चाहन्छ । यसमा जुन देशले आफूलाई जति मद्दत गर्छ, उसलाई स्वीकार गर्नबाट कहिल्यै हिच्किचाउँदैन । किनकि नेपाल एक मगन्ते अर्थात् माग्नेवाला राष्ट्र हो । जुन देश जति दिन्छ, उसका प्रति उति नै आकर्षण हुनु स्वाभाविक हो ।’

समाचारमा पुर्वउपराष्ट्रपति झाले भारतले नेपालको विकासमा भन्दा राजनीतिमा बढी ध्यान दिएको बताएको उल्लेख छ। समाचारमा झाको भनाईलाई उद्र्त गर्दै भनिएको छ 'नेपाल स्थित भारतिय दुतावास नेपालको विकासमा भन्दा राजनीतिमा बढी केन्द्रित देखिएको छ, भारतले तराई मधेस क्षेत्रमा विकासका काम गर्नुपर्नेमा पहाड तिर विकासको कामलाई तिब्रता दिएको छ।' भारतले नेपालको पहाडमा विकास केन्द्रित काम गरेकोमा झाले असन्तुष्टि व्यक्त गरेको समाचारमा उल्लेख छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved