अब सोझै हेवि इक्विपमेन्टको लाईसेन्स लिन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 01:49:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साना सवारी चलाएको दुई वर्षपछि मात्रै मझौला र ठूला सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) लिन पाउने व्यवस्था संशोधन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फागुन १४ मा सवारी तथा यातायात व्यवस्था नियमावली (२०५४) लाई आठौँ संशोधन गरी अब सोझै हेभी अर्थात ठूला सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) लिन पाउने व्यवस्था गरेको हो ।

साना सवारी चलाएको दुई वर्षको अनुभव बटुलेपछि मात्रै मझौला तथा ठूला सवारीको चालक अनुमती पत्र पाउने व्यबस्था हुदा ठूला सवारी चालक उत्पादनमा समय लाग्ने गरेकोले यो व्यबस्था गरिएको मन्त्रालयले जनाएको छ । हेभी इक्विपमेन्टको लाइसेन्स लिन दुई वर्ष साना सवारी चलाएको अनुभव हुनुपर्ने व्यवस्था हटाईएको र अब ठूला सवारीका चालक सहजै उत्पादन गर्न सकिने मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले बताए । 

हेभी इक्विपमेन्ट चलाउन सानो सवारीको लाइसेन्स लिनैपर्ने यस अघिको बाध्यकारी व्यवस्था हटेपछि व्यवसायी पनि खुसी भएका छन् । हेभी इक्विपमेन्टको लाइसेन्स लिन दुई वर्ष साना सवारी चलाएको अनुभव हुनुपर्ने बाध्यता रहेकोले अहिले बजारमा ८० प्रतिशत ठूला सवारी चालक लाइसेन्स विहीन रहेको अनुमान गरिन्छ । लाइसेन्स प्राप्त व्यक्ति भए दुर्घटना हुँदा चालकलाई बिमा तथा अन्य क्षतिपूर्ति दाबी गर्न सजिलो हुने व्यवसायी बताउँछन् । 

अहिले मासिक ४ देखि ५ सयका दरले हेभी इक्विपमेन्ट नेपाल भित्रिरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved