राष्ट्रपतिको उम्मेदवार चयन गर्न एमाले स्थायी कमिटीको बैठक बस्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 06, 2018 | 09:23:11 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपतिको उम्मेदवार चयन लगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्ने भएको छ । 

निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति तय गरेकाले सोही विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । वाम गठबन्धन बनाएर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका एमाले र माओवादी केन्द्रले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्ने गरी छलफल सुरु गरेका छन् । 

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने अथवा नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा आज बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्ने एमालेले जनाएको छ । 

राष्ट्रपतिको निर्वाचनमा प्रदेश तथा प्रतिनिधि सभाका सदस्यले मतदान गर्न पाउने भएकाले गठबन्धनसँग स्पष्ट बहुमत भएकाले एमाले बरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्न तयार रहेको संकेत गरेका छन् । तर एमालेले राष्ट्रपतिमा वर्तमान राष्ट्रपति भण्डारीलाई नै साझा उम्मेदवार बनाउने विषयमा पनि छलफल गर्ने बुझिएको छ । 

बैठकमा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, सरकार विस्तार लगायत विषयमा पनि छलफल हुने बताईएको छ । बैठक अपरान्ह ४ बजेपछि बस्ने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved