ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 07, 2018 | 02:21:43 PM मा प्रकाशित

laxmi  sunrise bank


प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय वदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ । 

ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै दुईहप्ता अघि पेश भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको हो । 

सुरूमा रिट पेश भएपछि सर्वोच्च प्रशासनले प्रधानमन्त्रीको नियुक्ति सम्बन्धमा परेको निवेदन दर्ता गर्न नमिल्ने भन्दै रिट दर्ता गर्न अस्वीकार गरी दरपिठ गरेको थियो । तर सो दरपीठ विरुद्ध निवेदक यज्ञमणी न्यौपानेले निवेदन दिएपछि डम्बरबहादुर शाहीको इजलासले दर्ता गर्न आदेश गरेको थियो । 

उक्त रिट निवेदन दर्ता गर्न आदेश भएपछि ओलीलाई प्रधानमन्त्रीको रूपमा काम गर्न रोक लगाउने आदेशको माग सहित बुधबार सर्वोच्चमा रिट दर्ता भएको छ । संसदको शपथ नलिइ प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको निवेदक अधिवक्ता न्यौपानेले जिकिर गरेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकार कायम राखी त्यही सरकारबाट संसद अधिवेशन आह्वान गराउन रिटमा माग गरिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved