राधा चौधरीलाई कुटपिट गर्ने पक्राउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 11, 2018 | 11:06:23 AM मा प्रकाशित

laxmi  sunrise bank


कैलालीकि राधा चौधरीमाथि बोक्सिको आरोपमा कुटपिट गर्ने किस्मती चौधरी पक्राउ परेकी छिन  ।

उनलाई आईतबार प्रहरीले पक्राउ गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । प्रहरीले यस अघि  पक्राउ  परेका रामबहादुर चौधरीलाई हिरासतमा राखेर छानबिन गरिहेको जनाएको छ । 

कुटपिटबाट गम्भीर घाइते भएकी राधाको स्वास्थ्य अबस्था बुझ्न ७  नम्बर प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री दीर्घ सोडारी अस्पताल पुगेका छन् । 


यसैबीच राधासँगै अर्का एक युवकमाथि पनि बोक्सोको आरोपमा कुटपीट भएको पाइएको छ । राधाको स्वास्थ्यवस्था बुझ्न अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी रिजाललाई राधाले आफुसँगै एक युवकमाथी पनि कुटपिट भएको बताएकी थिईन् । ती युवक कहाँ र कस्तो अबस्थामा छन् भन्ने विषयमा खोजी भईरहेको बताईएको छ ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved