साउनमै प्रधानन्यायाधीश पराजुलीको अवकाश भएको भन्दै न्यायाधीशद्धारा इजलास बहिस्कार

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 12, 2018 | 11:25:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्ययाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले पूर्ण इजलास बहिस्कार गरेका छन् ।

कान्तिपुर पब्लिकेशन र डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धि मुद्दा प्रधानन्ययाधीश पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । पराजुलीले न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर जबरा, केदारप्रसाद चालिसे, दिपककुमार कार्की, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसीलाई लिएर पूर्ण इजलास गठन गरेका थिए । 

तर अवकाश पाइसकेका पराजुलीसँग बसेर आफूले मुद्दा नहेर्ने भन्दै राणाले सोमबार इजलास बहिस्कार गरेका हुन् । सोमबार कान्तिपुर दैनिकको अवहेलना सम्बन्धी मुद्दा पूर्ण इजलासमा बहस हुनै लाग्दा न्यायाधीश राणाले प्रधानन्यायाधीश पराजुलीले गत साउनमै उमेर हदका कारण अवकाश प्राप्त गरिसकेको दाबी सहितको आफ्नो तर्फबाट लिखित वक्तव्य पढेर सुनाएका थिए ।

आफूहरुले हिजोमात्रै पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेर्दा गत साउनमै अवकाश पाइसकेको प्रष्ट भएको राणाले बताए । प्रधानन्यायाधीश पराजुलीको जन्ममितका बारे बोल्दै एउटामा २००९ साल र अर्कोमा २०११ सालको जन्ममिति देखिएकाले न्यायपरिषद ऐनको व्यवस्था अनुसार २०७४ साउन २१ गते नै अवकाश भइसक्नुपर्ने व्यक्तिको साथमा बसेर आफूले न्यायसम्पादन गर्न नमिल्ने भन्दै राणा इजलासबाट समेत बाहिरिएका छन् । 

प्रधानन्यायाधीश गोपाल पराजुली उमेर सच्याएको विवादमा तानिँदै आएका छन् । सच्याईएको भनिएको उमेर अनुसार उनी आगामी बैशाखको पहिलो सातासम्म प्रधानन्यायाधीश पदमा रहन सक्छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved