बंगलादेशी विमान दुर्घटना अपडेट: नेपाली यात्रुमध्ये अधिकांश ट्राभल एजेन्सीका कर्मचारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 12, 2018 | 04:35:17 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा चालक दलका चार सदस्य सहित ७१ जना सवार रहेको प्रहरीले पुष्टि गरेको छ। जस मध्ये ३३ जना नेपाली र २३ जना बंगलादेशी नागरिक रहेको खुलासा भएको छ। 

विमानमा सवार ३३ नेपाली नागरिक मध्ये २८ जना महिला र २ बालबालिका रहेको पुष्टि भएको छ। उनीहरु मध्ये १२ जना नेपालका मुख्य मुख्य ट्राभल एजेन्सीका कर्मचारी रहेको खुल्न आएको छ। विमान दुर्घटनामा मृत्यु भएकी योग ट्राभलमा कार्यरत सजना देबकोटाको फेसबुक एकाउन्टबाट यो कुरा पुष्टि हुन आएको हो। 

केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी देबकोटाले आफुहरु युएस बंगलाले बंगलादेशमा योजना गरेको कार्यक्रममा सहभागी भएको तस्विर फेसबुकमा पोस्ट गरेकी छिन। उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved