सातवटै प्रदेशका मुख्यमन्त्रीहरु एउटै मंचमा, आर्थिक विकास र समृद्धिमा जोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2018 | 12:09:37 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचित भएपछि पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरु एकै पटक एउटै कार्यक्रममा सहभागी भएका छन् । यो अवसर भने नेपाल चेम्बर अफ कमर्सले जुराएको हो ।

नेपाल चेम्बर अफ कमर्सले ‘संघीय संरचनामा आर्थिक समृद्धिका अवसर’ नाराका साथ नवनिर्वाचित मुख्य मन्त्रीहरुको सम्मानमा बुधबार अभिनन्दन् कार्यक्रम आयोअजन गरेको थियो  । कार्यक्रममा  सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंग सहकार्य गरेर अगाडि वढ्न तत्पर रहेको संदेश दिएका छन् । मुख्यमन्त्रीहरुले निजी क्षेत्रसँंगको सहकार्य विना मुलुकको आर्थिक विकास सम्भब नहुने धारणा व्यक्त गरेका हुन् ।

चेम्बरले भने देशअनुसार मुलुकमा पर्यटन, हाइड्रो, कृषि, जडिवुटी, खानी लगायतका उद्योगहरु स्थापना गर्नको लागि प्रशस्त सम्भावना रहेको र चेम्वरले स्थानीतहमा बृहत आर्थिक बहस कार्यक्रममार्फत सरकारी निकायसँंग समन्वय गरी अगाडि वढ्ने योजना रहेको उपस्थित मुख्यमन्त्रीहरुमाझ जानकारी गराएको थियो । 

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्र बहादुर शाही र प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved