युएस-बांग्ला विमान दुर्घटना: २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट आज ढाका पठाईदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 09:46:21 AM मा प्रकाशित

laxmi  sunrise bank

युएस-बांग्ला विमान दुर्घटनामा गत हप्ता ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट आज ढाका पठाउन लागिएको अधिकारीहरूले बताएका छन्। नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी आइतवार साँझ काठमाण्डूस्थित बांग्लादेशी दूतावासका अधिकारीहरूलाई बुझाएका थिए। दूतावासका कन्सुलर अल अलेमुल इमामले भने, "पहिचान गरिएका २३ जना बांग्लादेशी नागरिकको शव एउटा विशेष उडानबाट आज अपरान्ह ढाका पठाउँदैछौँ।"उनका अनुसार ढाकाबाट शवहरू मृतकका आफन्तलाई बुझाइनेछ।

पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको कन्सुलर इमामले बताए। काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमवार भएको दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका १० जना बांग्लादेशी यात्रुमध्ये थप उपचारका लागि ८ जनालाई ढाका र दुईजनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले बताए। नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार तीनजना बांग्लादेशी यात्रुको शव पहिचान हुन बाँकी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved