दुर्घटनाग्रस्त यु एस बांग्लाका क्याप्टेन आबिद सुल्तानकी श्रीमतीको निधन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 23, 2018 | 01:38:55 PM मा प्रकाशित

laxmi  sunrise bank

फागुन २८ गते दुर्घटनाग्रस्त यु एस बांग्लाका क्याप्टेन आबिद सुल्तानकी श्रीमती अफसना खानमको मृत्यु भएको छ ।   

बंगलादेशको अंग्रेजी अनलाइनले उनको आज शुक्रबार बिहान ९ बजे मृत्यु भएको जनाएको हो । विमान दुर्घटनापछि उनलाई  ब्रेन स्ट्रोक भएको थियो  । त्यसपछि उनलाई  इन्स्टिच्युट अफ निउरोसाइन्स एण्ड हस्पिटल लागिएको थियो जहाँ उनको २ पटकसम्म सर्जारी गरिएको थियो । उनलाई अस्पताल लागेदेखि नै लाइफ सपोर्ट सिस्टममा राखिएको थियो  ।  

अस्पतालले उनलाई आज बिहान ९ बजे मृत्यु भएको घोषणा गरेको हो ।  अस्पतालले भनेको छ 'हामीले उनलाई बचौं धेरै कोशिस गरेका थियौ, तर उनलाई आज बिहान कार्डिएक अरेस्ट भयो, त्यसपछि हामीले केहि गर्न सकेनौ' । 

फागुन २८ गते बंगलादेशबाट नेपाल उडेको युएस बंगला एयरलाईन्स फ्लाइट बिएस २११ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा  ४९ जनाले ज्यान गुमाएका थिए  । दुर्घटनामा क्यापटेन आबिदको पनि निधन भएको थियो ।  पाइलट अविद सुल्तान र उनका चारै जना क्याविन सदस्यहरुको यु.एस.–बङ्ला विमान दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा २२ नेपाली ,२६ बंगलादेशी नागरिक र एक चिनियाँ नागरिकको पनि मृत्यु भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved