राष्ट्रियसभामा दुईवटा अध्यादेश पेश

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 27, 2018 | 01:48:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रियसभामा दुईवटा अध्यादेश पेश गरेको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धि व्यवस्था गर्न बनेको अध्यादेश २०७४’ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ‘वेपत्ता व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७४’ पेश गरेका हुन् । दुवै अध्यादेश छलफल गरी संघीय संसदको दुवै सदनले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धि अध्यादेश अनुमोदन गर्न राष्ट्रियसभामा पेश गरिएको गृहमन्त्री थापाले बताए । कानुनमन्त्री तामाङले वेपत्ता व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश अनुमोदन गर्न राष्ट्रियसभामा पेश गरिएको जानकारी दिए ।

अघिल्लो सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको २ वटा अध्यादेश सरकारले अनुमोदनका लागि राष्ट्रियसभामा पेश गरेको हो । राष्ट्रपतिबाट जारी भएको मितिले ६० दिनभित्र अध्यादेश संसदबाट पारित नभए स्वतः निष्क्रिय हुने छ ।

राष्ट्रियसभाको अर्को बैठक आगामी शुक्रबार दिउँसो २ बजे बस्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved