प्रधानमन्त्री ओलीद्वारा कुटनीतिक समूदायलाई सम्वोधन, नेपालको विकासमा साथ दिन आग्रह

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 27, 2018 | 07:05:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री ओलीले कुटनीतिक समुदायलाई सम्बोधन गर्दै नेपालको अबको बिकासमा साथ दिन आग्रह गरेका छन। प्रधानमन्त्री ओलीले  प्रधानमन्त्रीको निवास बालुवाटारमा कुटनीतिक समुदायलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय समुदायसँगको  आपसी सम्बन्धका बिबिधताहरुलाई अझ पहिल्याउँदै लगिने बताए। 

'खासगरी व्यापार ,लगानी ,पर्यटन र जनस्तरको आदानप्रदानलाई हामी महत्व प्रदान गर्न चाहन्छौं' उनले भने 'आपसी सहयोगका क्षेत्रमा हामी    विकासका  प्रमुख साझेदारहरुसँगको दुई पक्षीय सम्बन्धलाई निरन्तर अगाडी बढाउने छौं।'

प्रधानमन्त्री ओलीले नेपालको विद्यमान संविधानमै नेपालको राष्ट्रिय स्वार्थलाई सुस्पष्ट रुपमा परिभाषित गरिएको बताउदै संविधानले नै अन्तराष्ट्रिय सम्बन्ध खाका प्रस्तुत गरेको कुतिनितिक समुदायलाई बताए। 

प्रधानमन्त्रीले नेपालको कुटनीतिक लक्ष्यका आधार अन्तराष्ट्रिय स्तरमा लोकतन्त्रको विस्तारित अभ्यास भइरहेको राष्ट्रका रुपमा नेपालको छवि प्रवद्र्धन गर्नु  र आर्थिक सामाजिक विकासका कारकको पहिचान गर्नु नै भएको बताए। उनले नेपालको कुटनीतिक सम्बन्धका आधारहरुका विषयमा प्रकाश पार्दै  राष्ट्रिय स्वार्थ अन्तरगत सार्वभौमिकता ,अखण्डता र स्वाधिनतालाई सर्वोपरी महत्व दिइने बताए। 

नेपाल पञ्चशील र असंलग्नताको सिद्धान्तका साथै संयुक्त राष्ट्रसंघको वडापत्र,अन्तराष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताहरुप्रति प्रतिवद्ध रहनेछ भन्ने प्रतिवध्दता व्यक्त गर्दै प्रधानमन्त्रीले भने 'हामी सबैसँग मित्रता गर्ने तर कसैसँग शुत्रता नगर्ने नीतिप्रति सदा कटिवद्ध रहनेछौं ।'

प्रधानमन्त्रीले विकाससम्बन्धी नेपालको  प्रयास र विकासका मानक नै  कुटनीतिक  प्रयत्नका आधारशिलाका रुपमा रहिरहने प्रष्ट पारे। प्रधानमन्त्री ओलीले देशको संस्कृति,सभ्यता र पहिचानलाई अमूल्य निधीको रुपमा उल्लेख गर्दै भने, “नेपाललाई विविधता र स्रोतले परिपूर्ण राष्ट्रका रुपमा विश्वमा परिचित गराउने हाम्रो लक्ष्य रहेको छ ।” 

प्रधानमन्त्री ओलीले बहुपक्षीय सम्बन्धलाई अघि बढाउने क्रममा संयुक्त राष्ट्रसंघ लगायतका विश्व–संस्थाहरुमा नेपालको भूमिका अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरे। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved