फर्पिङमा बस दुर्घटना, २ को मृत्यु, २२ घाइते

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2018 | 10:24:16 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । 

बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए । मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका ५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ वस्ने २५ वर्षीय सुनील श्रेष्ठ रहेका छन् । उनीहरुको उपचारका क्रममा राजधानीको वयोधा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका २२ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

टायर पड्केर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved