राज्यको हित हुने गरि निजीकरणको मोडालिटीबारे पुनर्विचार हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 30, 2018 | 08:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निजीकरणको मोडालिटीबारे पुनर्विचार गर्ने भएको छ। निजीकरणको अभ्यास गलत तरिकाले भएकाले राज्यलाई त्यसबाट लाभ नभएको भन्दै अर्थमन्त्री ड़ा युवराज खतिवडाले यसको मोडालिटीमा नै पुनर्विचार गर्नुपर्ने बताएका छन। 

बाम सरकारको आगामी नीति तथा कार्यक्रमको महत्त्वपूर्ण आधार मानिएको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी गर्दै अर्थमन्त्री डा खतिवडाले निजीकरण लहडको भरमा अभ्यास गरिएकाले राज्यलाई लाभ नभएको बताए। 

'निजीकरण गरिएका क्षेत्रबाट राज्यलाई फाइदा त भएन भएन, त्यसबाट उचित राजश्व समेत संकलन भएन' ड़ा खतिवडाले भने, 'बिगतमा गरिएको निजीकरणको अभ्यास राज्यको हितमा नभएको पुष्टि भएको छ, बाम सरकारले मोडालिटीबारे पुनर्विचार गर्छ।' 

समस्या समाधान उल्लेख गर्दै डा खतिवडाले भने, 'सार्वजनिक संस्थानको व्यवस्थापन गर्न दिने वा सम्पति बेच्ने भन्ने बिषयमा सोच्न जरुरि छ, काम नलाग्ने संस्थान भए बन्दै पनि गर्नुपर्छ, आवश्यक भए नयाँ संस्थान पनि जन्माउनु पर्छ, तर बिगतमा जस्तो जबर्जस्ती निजीकरणमा नै जाने अभ्यास गर्नु हुँदैन।'

अर्थमन्त्री खतिवडाले यस अघि अवलम्बन गरिएका निजीकरणका मोडालिटी, मूल्यांकन र प्रक्रिया पुनर्विचार हुने स्पष्ट पारेका छन। सरकार उपस्थित हुनुपर्ने ठाउँमा सरकार नै उपस्थित हुने र निजि क्षेत्रले गर्न सक्ने ठाउँमा उनीहरुलाई नै छोडिदिने बताउदै खतिवडाले बाम सरकारले निजीकरणको मोडालिटी परिमार्जन गर्ने संकेत गरेका छन। 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved