वातावरण र दीगो विकास विषयक ज्ञान सत्सङ्ग हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2018 | 04:09:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत २२ र २३ गते वातावरण र दीगो विकास विषयक हिमालयन ज्ञान सत्सङ्ग : चौथो ग्य्राजुयट सम्मेलन हुनेभएको छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि विभागको संयोजन एवं नेपाल सरकार शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको सहयोगमा सम्मेलन हुन लागेको हो । सम्मेलनको प्रमुख विषय “प्रकृति, विज्ञान र समाज” रहेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग ः वातावरण विज्ञान विभाग, सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट)–नेपाल, रिर्सोसेज हिमालय फाउन्डेसन र स्किम्स् कलेजको सह–आयोजनामा गरिने उक्त सत्सङ्गमा करिब २ सय युवा अनुसन्धानकर्ताहरू सहभागी बताईएको छ । 

जलवायु परिवर्तन, प्रकोप जोखिम न्यूनीकरण, वातावरणीय प्रदुषण र स्वास्थ्य, वनस्पति विविधता, पानी र माटोको पारिस्थितिक प्रणाली जस्ता विषयमा सहभागीले कार्यपत्र प्रस्तुत गर्नेछन् । २०७१ बट आयोजना गर्न थालिएकोे सत्सङ्गको यो चौथो शृङ्खला हो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति श्री रामकण्ठ माकाजुश्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै एसियाली विकास बैङ्कका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनी, शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्मा र पोखरा विश्वविद्यालयका डीन डा. बुद्धिराज जोशी पनि कार्यक्रममा सहभागी हुने बताईएको छ । सम्मेलनमा ४१ कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।

कार्यक्रमको समापन काङ्ग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापा, डा. सुमित्रा अमात्य, श्री हिमाल शर्मा, श्री मानुषी यमी भट्टराई, डा. सूर्यराज आचार्य लगायतले गर्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved