एमाले माओवादी एकता बैशाख ९ मा, तीन विषयमा कुरा मिल्न बाँकी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 03, 2018 | 06:51:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बैशाख ९ गते हुने बताएका छन। बखान सहकारी संस्था लि चितवनको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गर्न चितवन पुगेका अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन। 

'पार्टी एकताबारे बाहिर आएजस्तो विवाद छैन, पार्टी एकता प्रतिशतका आधारमा हुँदैन, सिद्दान्तका आधारमा हुन्छ, तर त्यो सम्मानजनक हुन्छ'    प्रचण्डले भने। एकता संयोजन समितिको प्रतिवेदन आउन केही ढिला भएका कारण घोषणा गर्न ढिला भएको उनले बताए। 

यता सम्बन्धित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्न पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा बसेको छ। यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुङ्गो लगाउन संयोजन समितिको बैठक बसेको माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए।

राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि केहि महत्त्वपूर्ण बिषयमा सहमति जुट्न बाँकी रहेकाले पार्टी एकताको मिति घोषणा गर्न ढिलाई भएको शर्माको भनाई छ। एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी रहेको उनको भनाई छ।

'एकताको संख्या अनुपात, विधानमा ‘जनयुद्ध’ शब्द  थप्ने कि नथप्ने ?, चुनाव चिह्न : सूर्य कि सूर्यभित्र हँसिया–हथौडा ? जस्ता बिषयमा पार्टी एकता संयोजन समितिबाटै टुंगो लगाउने गरी प्रतिवेदन बुझाइने निर्णय भएको छ,’ संगठन तथा विधानसम्बन्धी कार्यदलका सदस्य बेदुराम भुसालले भने ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved