प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा कलाकारदेखि ब्यापारीसम्म, कसरी व्योहोरिन्छ खर्च ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 03, 2018 | 09:37:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलिमा जानेहरुको टुंगो लागेको छ। सिमित र आवश्यक पात्रहरुलाई मात्र भ्रमण टोलिमा सामेल गराउने भनीएपनि टोलि ठुलै हुने भएको छ। 

आगामी शुक्रबार देखि आइतबारसम्म हुने भारतको भ्रमण टोलिमा ५३ जना र उत्तिकै संख्यामा निजि क्षेत्रका संचारकर्मी र व्यवसायीहरु सहभागी हुने भएका छन। 

भ्रमण टोलिमा सरकारको तर्फबाट ४४ जना र दिल्ली दुतावासका ९ जना अधिकारि सामेल छन भने निजि क्षेत्रबाट जानेहरुको नाम संकलन हुने क्रम जारि रहेको बताइएको छ।

भारत भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ छन। त्यस्तै भ्रमण टोलीमा सांसदहरु माओवादी केन्द्रका दिनानाथ शर्मा, रामेश्वर राय यादव राष्ट्रिय जनता पार्टीका शरदसिंह भण्डारी, संघीय समाजवादी फोरम पार्टीका विमल श्रीवास्तव पनि रहनेछन् । 

भ्रमण टोलीमा सहभागी हुने मन्त्रीले सम्हालेका मन्त्रालयका सचिवहरु, परराष्ट्र मन्त्रालयको रिजनल अर्गनाइजेसन डिभिजन, भारत डेस्कका अधिकारी पनि रहनेछन् । यसैगरी प्रधानमन्त्रीको भ्रमण टोलीमा उनका राजनीतिक र प्रेस सल्लाहकार पनि सामेल हुनेछन।सैगरी यसपटक कलाकारहरु राजेश हमाल, दिनेश डिसी पनि सहभागी हुँदैछन् ।

नेपालका प्रधानमन्त्रीको भारत भ्रमण टोलि संधैजसो जम्बो हुँदा आलोचना हुँदै आएकोमा प्रधानमन्त्री ओलीले भ्रमण टोलिमा जानेको संख्या कम गर्न खोजेपनि प्रयास असफल भएको बताइएको छ। 

सरकारले सिमित व्यक्तिलाई मात्र सरकारी खर्चमा समावेश गर्न लागेको प्रधानमन्त्रीका एक जना सहयोगीले भने। गोरखापत्र संस्थानलाइ समेत यस पटक आफ्नै खर्चमा सम्बाददाता पठाउन लगाइएको उनको भनाई छ। निजि क्षेत्र संचार माध्यमबाट करिब २ दर्जन बढी पत्रकारहरु आफ्नै खर्चमा जाने तयारिमा छन।   

आतिथ्य दिने भारतले १५/१६ जनाको मात्रै खर्च बेहोर्ने छ। त्यस्तै सरकारले टुंगो लगाएको व्यक्तिहरुको खर्च नेपाल सरकारले बेहोर्ने छ भने केहि व्यक्ति तथा संस्था आफ्नै खर्चमा जानेछन। 

तस्विर:प्रधानमन्त्री अोली अघिल्लो कार्यकालमा भारत भ्रमणमा निस्कदा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved