प्रधानमन्त्रीद्धारा भारत भ्रमणबारे सुझाव संकलन

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2018 | 11:35:48 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे सुझाव लिन बालुवाटारमा बुधबार बोलाएको बैठक सकिएको छ । 

बैठकमा सहभागी पूर्वप्रधानमन्त्री तथा परराष्ट्रविद्हरुले विगतमा भारतसँग भएका द्धिपक्षीय सम्झौता कार्यान्वयन गर्न सुझाव दिएका छन् । उनीहरुले पूरानै सम्झौता कार्यान्वयन गर्न नसकिएको बेला नयाँ सम्झौताको कुनै अर्थ नरहने भन्दै पूरानै सम्झौता कार्यान्वयनमा केन्द्रित रहन सुझाव दिए । बैठकमा प्रधानमन्त्रीले सुझावलाई आफूले गम्भीरता पूर्वक लिएको प्रतिक्रिया दिए । 

बैठकपछि परराष्ट्र मामिलाका जानकार एवं एमाले नेता राजन भट्टराईले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न र पुराना सन्धी सम्झौता कार्यान्वयमा जोड दिन सुझाव दिइएको बताए । यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले देश र जनतालाई केन्द्रमा राखेर निर्णय गर्न सुझाव दिईएको जानकारी दिए । 

छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्र बहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागि थिए । यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मामिलाका जानकार भेषबहादुर थापा, निलम्बर आचार्य लगायत बैठकमा सहभागि थिए ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved