नेपाल वायु सेवा निगमले ८ नयाँ विमान थप गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 04, 2018 | 12:52:03 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले आफ्नो सेवालाई अझ बढि प्रभावकारी बनाउन आन्तरिक तथा बाह्य उडानमा विमान थप्ने भएको छ । आउदो १८ महिनाभित्र निगममा रहेको पुरानो विमानलाई प्रतिस्थापन गरि ६ वटा टुइनओटर र २ वटा  एयरबस कम्पनीका ए ३३०-२०० वाइडबडी जहाज ल्याउने  वायु सेवाको तयारी रहेको छ ।

जुनसुकै मूल्य चुकाएर भए पनि हवाई सुरक्षालाई प्राथमिकतामा राख्ने तयारी निगमको छ । यसको लागी इन्जिनियरिगं र संचालन तर्फ एक एक जना जिदेशी विज्ञलाई करारमा  नियुक्ति गर्न निगमले आवश्यक पाइला चालिसकेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

यसैगरि निगमले ल्याउन लागेको २ वटै जहाजको वाईड बडी मर्मतको जिम्म निजि कम्पनि रोल्स रोएजलाई दिन आवश्यक प्रक्रिया समेत निगमले सुरु गरेको छ । यसरि निर्माता कम्पनिले मात्र दिन सक्ने सेवा खरिद गर्न सार्वजनिक खरिद ऐन २०६३ मा विनाटेण्डर सोझै खरिद गर्न सक्ने प्रावधान रहेकोले एकै पल्ट १२ वर्ष अवधिको लागी इन्जिनहरुको लाइफ साइकल व्यवस्थापनको सम्पूर्ण जिम्मा उक्त कम्पनिलाई दिने निगमको तयारी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved