यातायात व्यवसायीद्वारा आन्दोलनको घोषणा, सरकारलाई घुँडा टेकाउने लक्ष्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 09, 2018 | 10:21:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्डिकेट तोड्न सरकारले रुट इजाजत खुला गरेपछि आक्रोसित बनेका यातायात व्यवसायीहरु एकजुट भएर आँन्दोलनको आन्दोलनको घोषणा गरेका छन् । व्यावसयीहरुले आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने दाबीसमेत गरेका छन् ।

यातायात व्यवस्था विभागले चैत १८ मा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । यो यातायातमा कायम सिण्डिकेट तोड्न महत्वपूर्ण कदम मानिएको छ । 

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको परिषद् भेलाले नयाँ व्यवस्था खारेजको माग गरेको छ । यसका लागि हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved