शिक्षामन्त्रीको ५ बर्षे रोडम्याप: पुरानो शिक्षा प्रणाली खारेज, १२ कक्षासम्म निशुल्क र अनिवार्य शिक्षा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 11, 2018 | 01:18:46 PM मा प्रकाशित

laxmi  sunrise bank

 शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललले आफनो ५ बर्षे कार्ययोजना रोड म्पाप सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले प्रधानमन्त्री, पार्टी नेतृत्व, प्रदेश स्तरका सामाजिक बिकास मन्त्रीहरु,मन्त्रालययका सचिव, सहसचिव सचिवालयका सदस्य, बिषय बिज्ञ लगायतसँगको लामो छलफल तथा अन्तरक्रिया पश्चात आफ्नो कार्ययोजना सार्वजनिक गरेका हुन ।

अधिल्लो पटक आफै शिक्षा मन्त्री भएको बेला  तयार पारेको १८ बुँदे कार्ययोजना, बाम गठबन्धनको चुनावी घोषणा पत्र, बाम सरकाकले लिने नीति तथा कार्यक्रम तयार गर्न लागि बनेको बामदेब गौतम संयोजक रहेको कार्यदलको प्रतिवेदनको आधारमा उनले यो रोडम्याप तयार गरेका हुन् । उनले तयार पारेका रोडम्यापमा उनको प्राथमिकतामा सामाजिक न्याय, दिगो शान्ति, विकास, सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेका छन्  छन् । 

१० भागमा तायर गरेको रोडम्यापमा नीतिगत र कानुनी आधार निर्माण, संरचनागत तथा सांगठनिक सुधार, प्रारम्भिक बालशिक्षा हामी सबैको प्रतिबद्धता, सार्वजनिक शिक्षाको गुणस्तरीयता, निजी शिक्षाको नियमन,समृद्ध राष्ट्र निर्माणको आधार, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, उच्च शिक्षा ,खुला शिक्षा तथा जीवन पर्यन्त सिकाई, विज्ञान तथा प्रविधि, सुशासन तथा व्यवस्थापन शिर्षक समेटिएका छन् ।  ७२ बुँदामा सार्वजनिक भएको रोडम्यापमा देशभक्तिलाई प्रर्वधन गर्ने, मुल्यमा आधारित शिक्षा प्रणलीको विकास गर्ने , ६ महिना भित्र नयाँय शिक्षा आयोग गठन गरी नयाँ शिक्षा निती लागु गर्ने, संविधामनत स्कूल शिक्षा (१ देखि १२ कक्षा सम्म) अनिवार्य तथा क्रमस निशुल्क बनाउने , शिक्षामा प्रतिभाशाली व्यक्तिहरु प्रवेस गर्ने आर्कषको क्षेत्र बनाउने ,सरकारी, अर्धसरकारी, गैरसरकारी एवम् दातृ निकायवाट सञ्चालित प्राविधिक तथा व्यवसायिक शिक्षा कार्यक्रमलाई एकद्धार प्रणालीबाट सञ्चालनका निम्ति समन्वय र नीति निर्देश गर्न उच्चस्तरीय संयन्त्र बनाउने लगायतका बिषय समेटिएका छन् ।

शैक्षिक तथा बैज्ञानिक अनुसन्धानमार्फत प्राकृतिक एवम् सास्कृतिक सम्पदाको समुचित उपयोग गर्दै राष्ट्रिय विकासमा योगदान पु¥याउने प्रादेशिक अनुसन्धान केन्द्र निर्माण गर्नै, उच्च शिक्षालाई अनुसन्धानात्मक तथा नवप्रवर्तनात्मक बनाउने मन्त्रालयको सेवालाई डिजिटल प्रबिधि मार्फत  छिटो छरितो, पारदर्शी बनाउने, मन्त्रालयको  निर्णय प्रक्रियालाई अनलाइन् (डिजिटाइजेशन ) प्रणालीमा लैजाने बिषय पनि मन्त्री पोखरेलले आफ्नो रोडम्यापमा समाबेश गरेका छन् ।

पुरानो शिक्षा प्रणालीलाई खारेज गरी नयाँ तर बैज्ञानिक तथा जीवनोपयोगी शिक्षा पद्धति स्थापित गरिने, हरेक प्रदेशमा एक एक वटा आवासीय मातृभाषी विद्यालय स्थापना गर्नुको साथै विद्यार्थीको रुचि, क्षमता र बौद्धिकतालाई संबोधन गर्न कला, खेलकुद लगायतका विशिष्टिकृत विद्यालय स्थापना र सञ्चालन गर्ने नीति लिइने पनि रोडम्यापमा उल्लेख छ ।


यस्तो छ मन्त्री पोखरेलको रोडम्यापको पूर्ण पाठ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved