एमाले–माओवादी एकता समानताकै आधारमा हुन्छ : रावल

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 12, 2018 | 03:00:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका उपाध्यक्ष भिम बहादुर रावलले एमाले र माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन् । नेता रावलले ‘सम्मानजनक रुपमै एकता हुन्छ, यसमा कुनै दुईमत छैन्’ भन्दै पार्टी एकताको गृहकार्य भैरहेकोले अब बस्ने एकता संयोजन समितिको बैठकमा ठोस छलफल हुने बताए । 

‘सख्याँत्मक दृष्टिकोणले को व्यक्ति कहाँ ? कति रहन्छन् ? भन्ने कुरामा संस्थागत रुपमा छलफल गर्न बाँकी छ, त्यो छलफल भएपछि जानकारी हुन्छ, दुईवटा पार्टी एक ठाउँमा आएपछि समानताको आधारमा आउने हो नि त, एउटा पार्टी ठूलो गज्जबको, अर्को केहीपनि होईन भनेर त्यसरी एकता हुँदैन कहिल्यै पनि, अब व्यक्ति–व्यक्ति कुरा अर्थात को व्यक्ति कहाँ जाने ? भन्ने कुरा त अन्तरिम विधान आएपछि छलफल गरेर भन्ने कुरा हो’ नेता रावलको भनाई । रावलले दुई पार्टीबीच बैशाख ९ गते एकता घोषणा गर्ने भन्ने समझदारी भएपनि औपचारिक निर्णय हुन रहेको र त्यसलाई पार्टी एकता संयोजन समितिले पनि निर्णय गर्न बाँकी रहेको बताए । 

रावलले नेपाली कांग्रेस विपक्षी दल भएपनि विकास, समृद्धि, स्वाधिनता, स्वतन्त्रता, अखण्डता र नेपाली जनताको हित लगायतका साझा मुद्दामा समझदारी राखेर अगाडी बढ्नुपर्ने बताए । राजनीतिमा बहुमत ल्याउने र सरकार बनाउने कुरा प्रक्रियागत कुरा भएकोले कांग्रेसले अब कुनै ठाउँमा पनि सरकार बनाउन पाईएन भनेर निराश हुनु नपर्ने उनको तर्क छ ।  

प्रधानमन्त्री ओलीको भारत भ्रमण प्रति लक्षित गर्दै नेता रावलले सन् १९५० को सन्धि, पञ्चेश्वर, व्यापार घाटा लगायतका विषयमा छलफल भयो कि भएन भन्नेमा आफू जानकार नरहेको तर यि विषयमा छलफल यदि नभएको हो भने प्रधानमन्त्रीको भारत भ्रमण यसै सफल भयो भन्न नसकिने बताए । उनले भने, ‘होईन भने भ्रमण ‘डिप्लोमेटिक नाईसिटीज’ अर्थात कुटनीतिक माधुर्यता मात्रै हुन्छ, भमण भयो, हाईहल्लो भयो भन्नेमात्रै हुन्छ ।’ 

एक फरक प्रंशगमा उनले चीनको बोआवो फोरममा नेपालले भाग लिनुपर्दथ्यो भन्दै भाग के कति कारणले नलिएको भन्दै सरकारलाई प्रश्न गरे । रावलले भने, ‘चीनले बोलाएन कि वा बोलाएर पनि नगएको हो कि, नेपालले भाग लिनुपर्दथ्यो, यो नेपालको लागि ठूलो फोरम हो, किन छुट्यो मेरो जिज्ञासा छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved