राष्ट्रपतिको शपथ विवादसम्बन्धी रिट खारेज

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 17, 2018 | 05:58:59 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले आज खारेज गरेको छ । 

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको रिट निवेदन खारेज गरेको हो । 

अवकाश प्राप्त प्रधानन्यायाधीशले राष्ट्रपति भण्डारीलाई शपथ ग्रहण गराउनु असंवैधानिक भएको उल्लेख गर्दै अधिवक्ताद्वय नारायण खरेल र हेममणि सुवेदीले गत चैत १४ गते रिट निवेदन दायर गरेका थिए । 

रिट निवेदनमा न्याय परिषद्मा भएको तत्कालीन प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रअनुसार गत साउन २१ गते नै उमेर हदले ६५ वर्ष पुगेको हुँदा उनले खुवाएको शपथग्रहण गैरकानूनी भएको उल्लेख गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved