यस्ता छन् यातायात व्यवसायीका आन्दोलन, कालो झण्डा राख्नेदेखि गाडी ग्यारेजमा थन्क्याउनेसम्म

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 18, 2018 | 12:32:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको निर्णयको बिरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका छन् । यातायात व्यवस्था विभागले जारी गरेको नयाँ निर्देशिका र कार्यविधि तथा सिन्डिकेट अन्त्य गर्ने मन्त्रीपरिषद्को निर्णयविरुद्ध  ब्यबसायी आन्दोलित भएका हुन् । ब्यबसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द सहितका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

ब्यबसायीले ७ गते प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने,  ८ गते सबै सार्वजनिक गाडीमा कालो झण्डा राख्ने, ९ गते यातायातसँग सम्बन्धित नेतालाई ज्ञापनपत्र बुझाउने, १० र ११ गते सबै प्रदेशमा कोणसभा गर्ने, १२ र १३ गते समय सारणी अर्थात तालिका फ्रि गाडी छाड्ने , १४ र १५ गते देशैभरीका गाडी जता पनि जान पाउनेगरी क्यू फ्रि गर्ने, १६ गते सबै यातायात कार्यालयहरु घेराउ गर्ने, २१ गते सबै गाडी ग्यारेजमा थन्काउने व्यवसायीको कार्यक्रम छ ।

आन्दोलनमा नेपाल यातायत ब्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायत व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएन र ढुवानी यातायत महासंघले साथ दिएका छन्।

यस्ता छन् आन्दोलनका कार्यक्रम ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved