भन्सार छलिसकेको अवस्थामा विमानस्थलबाट ३५ लाखको सुन बरामद

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 19, 2018 | 01:36:24 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३५ लाख बराबरको अबैध सुन बरामद गरेको छ ।

 प्रहरीले बिहिबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ६० ताेला बढी सुन बरामद भएको हो । दुबई एयरको FZ 8017  नम्बरको उडानबाट नेपाल आएका H9803151 नं‍. को राहदानी बोकेका भारतीय नागरिक रहमान सरफराजले जुत्तामा उक्त सुन लुकयेर ल्याएका थिए ।

 भन्सारको चेकजाँचपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । भन्सारका कर्मचारीले भने सुनको बारे पत्तो नै पाएका थिएनन्। 

 बरामद भएको सुनको तौल ६ सय ९९ ग्राम रहेको र  आजको मूल्य अनुसार  ३५ लाख ५३ हजार पर्ने प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved